Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

आगामी बैठकबाटै पार्टीको जारी गतिरोध अत्य हुने स्थायी कमिटी सदस्यहरुको विश्वास

आगामी बैठकबाटै पार्टीको जारी गतिरोध अत्य हुने स्थायी कमिटी सदस्यहरुको विश्वास

  • बिहिवार, पौष २ २०७७

  • 1.1K
    SHARES

  • आगामी बैठकबाटै पार्टीको जारी गतिरोध अत्य हुने स्थायी कमिटी सदस्यहरुको विश्वास

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद समाधानको विन्दु आगामी स्थायी कमिटी बैठकले पहिल्याउने संकेत देखिएको छ । अधिकांश स्थायी कमिटी सदस्यहरुले आगामी ५ गते बस्ने स्थायी कमिटी बैठकबाटै पार्टी भित्रको जारी विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

    नेकपाको विवाद सचिवालयमा समाधान हुन नसकेपछि अहिले स्थायी कमिटीमा पुगेको छ । एकतालाई जोगाई पार्टीलाई विधि, पद्धति र प्रणालीमा लैजाने स्थायी कमिटी सदस्यहरुको जोड छ । स्थायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संवैैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा भित्रको विवाद अझ उत्कर्षमा पुगेको थियो । तर अहिले उक्त अध्यादेश फिर्ता लिन ओली सहमत भएसँगै विवाद केही मत्थर भने भएको छ ।

    पुर्व प्रधानमन्त्री समेत रहनुभएका स्थायी कमिटी सदस्य झलनाथ खानालले पार्टी एकतालाई फुटबाट जोगाउँदै एकताबद्ध भएर पार्टी अगाडी बढ्नेमा विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अबको स्थायीमा दुवै अध्यक्ष प्रतिवेदनमाथी समान रुपमा छलफल हुने र त्यसबाट दुुवै प्रतिवेदनमा रहेका सबै बिषयलाई केलाएर पार्टी अघि बढ्ने बताउनभुयो ।

    दुई अध्यक्षले एकअर्कामाथी आरोप थोपर्दै स्थायी कमिटीमा पेश गरेका प्रतिवेदन अहिले स्थायी कमिटी सदस्यहरुले अध्ययन गरिरहेका छन् । आगामी स्थायी कमिटीमा उक्त प्रतिवेदनमाथि छलफल हुँदैछ । त्यही छलफलबाट पार्टीको जारी गतिरोध अत्य गर्नुको विकल्प नेकपासँग नभएको बताउनुहुन्छ, स्थायी कमिटी सदस्य सत्यनाराण मण्डल ।

    ओलीनिकट मानिनुहुने नेता मण्डलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति कडा आक्रोश समेत व्यक्त गर्नुभयो । आफूले गरेका गल्ती र कमिकमजोरी नदेख्ने तर अरुमाथी कपोल्कल्पित आरोप लगाउने गरेको उहाँले बताउनुभयो ।

    पार्टीले पहिले गरेका सबै निर्णयको इमान्दारीतापुर्वक कार्यान्वयन नै अन्तरविरोधको निकास हुने अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालको तर्क छ । स्थायी कमिटीबाट विवाद समाधानको विन्दु नभेटिए अध्यक्षद्धयको प्रतिवेदनलाई केन्द्रीय कमिटीमा लगेर निकास निकाल्नुपर्ने नेतृ भुसाल बताउनुहुन्छ ।

    आगामी पौष ५ गते नेकपाको स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठकमा अध्यक्षद्धयले छुट्टाछुटै रुपमा पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । नेकपाले केन्द्रीय कमिटी बैठक पौष १० गते बोलाएको छ ।


    बिहिवार, पौष २ २०७७०७:३६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij