Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनता समाजवादी पार्टी औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता

  • बिहिवार, आषाढ २५ २०७७

  • 899
    SHARES

  • जनता समाजवादी पार्टी औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता

    काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाले औपचारिक रुपमा आधिकारिकता पाएको हो ।

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा दल दर्ताको निर्णय भएको बताउनुभयो । उहाँले आन्तरिक तयारी सकेर आज वा भोली जसपालाई दल दर्ताको प्रमाण पत्र दिने पनि जानकारी दिनुभयो ।

    आयोगले आवयश्क कानूनी प्रकृया पुरा भएपछि जसपा दल दर्ताको मान्यता दिएको हो ।


    बिहिवार, आषाढ २५ २०७७०१:५०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij