काठमाडौं । संघीय संसद अन्तर्गतका समितिहरु फेरी सक्रिय हुन थालेका छन् । केही समय निस्क्रीय जस्तै भएका समितिहरुले फेरी बैठक तथा छलफललाई निरन्तरता दिन थालेका हुन् । संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक विहान ११ बजेपछि सिंहदरबार स्थीत समितिको कार्यालयमा बस्नेगरी बोलाइएको छ ।
बैठकमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनमाथी छलफल हुने भएको छ ।
त्यसैगरी उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक विहान साढे ११ बजेपछि बस्ने तय भएको छ । बैठकमा आन्दोलनरत उखु किसानहरुको माग सम्वोधन गर्न सरकारलाई निर्देशन दिनेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
संघीय संसदकै बिकास तथा प्रविधि समितिको बैठक पनि दिउसो १२ बजेपछि बस्नेगरी बोलाइएको संसद सचिवालयले जनाएको छ ।