Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपाका दुवै अध्यक्षको प्रतिवेदन फिर्ता लिने सहमती नभएको दावी

नेकपाका दुवै अध्यक्षको प्रतिवेदन फिर्ता लिने सहमती नभएको दावी

  • बिहिवार, पौष २ २०७७

  • 894
    SHARES

  • नेकपाका दुवै अध्यक्षको प्रतिवेदन फिर्ता लिने सहमती नभएको दावी

    काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्षको विवादास्पद प्रतिवेदन फिर्ता लिने सहमती नभएको शिर्ष नेताहरुले नै दावी गरेका छन् । पूर्व प्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता झलनाथ खनालले कुनै पनि अध्यक्षको प्रतिवेदन फिर्ता लिने सहमती नभएको दावी गर्नुभएको हो ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा हिजो भएको भेटवार्ताका क्रममा दुवै अध्यक्षको प्रतिवेदन फिर्ता लिने सहमती भएको समाचार सार्वजनिक भएको थियो । उहाँले सो समाचारको खण्डन गर्दै प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने सहमती भएको तर दुई अध्यक्षको प्रतिवेदन फिर्ता लिने सहमती भने नभएको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, दुवै अध्यक्षका प्रतिवेदन अहिले पार्टीको सम्पत्ति भएका छन्, स्थायी कमिटिमा पेस भएको प्रतिवेदन फिर्ता हुने सहमती भएको छैन, छलफल हुन बाँकी छ, त्यसमाथी छलफल हुन्छ । उहाँले प्रतिवेदनका बारेमा बैठकले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढ्ने पनि जानकारी दिनुभयो ।

    दुवै अध्यक्षको प्रतिवेदन फिर्ता नभएसम्म आफु स्थायी कमिटिको बैठकमा सहभागी नहुने अडान राख्दै आउनु भएका प्रधानमन्त्री ओली हिजो बैठकमा सहभागी हुनुभएको थियो । तत्काल संसद बैठक बोलाउन माग गर्दै नेकपाकै सांसदहरुले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्न लागेपछि प्रधानमन्त्री ओली थप अफ्ठ्यारोमा पर्नुभएको थियो । त्यसपछि उहाँ बैठकमा सहभागी हुन र अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो ।

    स्थायी कमिटिमा ओलीले अध्यादेश फिर्ता लिने र निवेदन दिन लागेका सांसदहरुले निवेदन प्रक्रिया रोक्ने सहमती भएको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले हिजोको सहमती अनुसार आज अध्यादेश फिर्ताको प्रक्रिया अगाडि बढाउने उहाँको नीजि सचिवालयले जनाएको छ ।


    बिहिवार, पौष २ २०७७०८:०९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij