काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक यहि पुस ५ गते बस्ने गरि सकिएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आजको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।
बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताउनुभयो ।