काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अझै सुचारु हुन सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि उहाँलाई मनाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।
ओलीले आफूविरुद्ध प्रचण्डले राजनीतिक प्रस्ताव भन्दै पेश गरेको ‘अभियोगपत्र’मा छलफल गर्न आनाकानी गरेपछि अपराह्न १ बजेका लागि बोलाइएको बैठक ३ बजिसक्दा पनि सुचारु हुन सकेको बताइएको छ ।
अध्यक्ष ओली बैठकमा नआएपछि कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललाई लिएर बालुवाटारस्थित प्रधानमन्त्री निवासतर्फ लाग्नुभएको हो । अहिले उहाँहरुबीच वार्ता भइरहेको स्रोतले जनाएको छ ।