Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओली नआएपछि नेकपा स्थायी कमिटी बैठक अन्यौलमा

ओली नआएपछि नेकपा स्थायी कमिटी बैठक अन्यौलमा

  • बुधवार, पौष १ २०७७

  • 909
    SHARES

  • ओली नआएपछि नेकपा स्थायी कमिटी बैठक अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने तय भएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने बैठकमा नआएपछि बैठक हुन सकेन ।

    बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेब गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल ,अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत ४०–५० जना सदस्य यसअघि नै बालुवाटार आइसेका छन् ।

    बैठकअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटमा ओलीले प्रचण्डको १९ पेजको प्रस्तावमा छलफल गर्ने भए आफू बैठकमा सहभागी नहुने बताएको स्रोतले जनाएको छ ।

     

     

     

     

     

     


    बुधवार, पौष १ २०७७०१:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij