Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

  • बुधवार, पौष १ २०७७

  • 926
    SHARES

  • स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    दुई अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ संवाद चलिरहेको ओलीनिकट स्रोतले जनाएको छ ।

    बिहान ८ बजे स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेट गरेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुग्नुभएको हो ।

    मंगलबार सरकारले संवैधानिक परिषद्को नियुक्तिसम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्डले त्यसको आलोचना गर्दै पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको फिर्ता गर्नुपर्ने बताउनुभएको थियो ।

    नेकपाको स्थायी कमिटी बैठक आज १ बजे बस्दैछ ।

    विवादका चाङ्गबीच स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकमा ओलीले मंगलबार ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश छलफलको प्रमुख विषय बन्ने नेकपा स्रोतले जनाएको छ ।

    यसैबीच, ओली र प्रचण्डबीचको वार्ता सकिएको छ । अब केहीबेरपछि स्थायी कमिटीको बैठक बस्दैछ ।

     


    बुधवार, पौष १ २०७७१२:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij