Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

विवादित अध्यादेशबीच नेकपा स्थायी कमिटी बैठक आज बस्दै

विवादित अध्यादेशबीच नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  • बुधवार, पौष १ २०७७

  • 993
    SHARES

  • विवादित अध्यादेशबीच नेकपा स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश छलफलको प्रमुख विषय बन्ने नेकपा स्रोतले जनाएको छ ।

    नेकपाको आजको बैठकमा सरकारले असंवैधानिक ढङ्गले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धि संशोधन अध्यादेश र त्यसलाई प्रमाणित गर्ने राष्ट्रपतिको भूमिकाको विषयमा समेत नेताहरुले प्रश्न उठाउने तयारी गरेका छन् ।

    दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले एक–अर्काप्रति आरोप प्रत्यारोप गर्दै पेश गरेका फरक–फरक प्रतिवेदनमा छलफल गर्ने पूर्वनिर्धारित कार्यसूची निर्धारण भए पनि सरकारले अप्रत्यासित अध्यादेश ल्याएपछि सत्तारुढ दलको बैठकमा यो विषय प्रमुख बन्ने भएको हो ।

     


    बुधवार, पौष १ २०७७११:२६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij