Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

अध्यादेशले नेकपाभित्र झनै मच्चियो वितण्डा, के होला आजको स्थायी कमिटी बैठकमा ?

अध्यादेशले नेकपाभित्र झनै मच्चियो वितण्डा, के होला आजको स्थायी कमिटी बैठकमा ?

  • डाकमान राई
  • बुधवार, पौष १ २०७७

  • 778
    SHARES

  • अध्यादेशले नेकपाभित्र झनै मच्चियो वितण्डा, के होला आजको स्थायी कमिटी बैठकमा ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र जारी विवादकाबीच सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्र थप वितण्डा मच्चिएको छ । प्रधानन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र छलफल त परै जावस्, मन्त्रिपरिषदमा समेत छलफल नगराई उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिकोमा पुर्‍याएपछि नेकपाभित्र दन्किरहेको विवाद आगोमा झन् घ्यू थपे झै झन दन्कीएको हो ।

    पार्टीभित्रै जारी विवादको विन्दु पहिल्याउन तीन दिनको स्थगनपछि आज (बुधबार) स्थायी कमिटी बैठक बस्न लागेको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले विवादित अध्यादेश ल्याएपछि नेकपाका नेताहरु झन रुष्ट भएका छन् । योसँगै पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमतमा रहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको एक्सन के हुन्छ भन्ने आमचासो बढेको छ ।

    खोज्न अध्यादेश जारी भएलगत्तै सचिवालयका पाँच सदस्य दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठक खुमलटारमा बसेको थियो । बैठकमार्फत् सचिवालयका बहुमत सदस्यले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

    प्रचण्ड–नेपाल समूहले आजको स्थायी कमिटी बैठकबाट पनि औपचारिकरुपमै अध्यादेश फिर्ता लिन निर्णय गर्ने तयारी गरेका बुझिएको छ । २८ मंसिरमा बसेर स्थागित भएको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । प्रधानमन्त्रीसँगको विवाद थप बढेकाले बैठक प्रधानमन्त्री निवासमा नबसी पार्टी कार्यालय धुम्बाराहीमा सर्ने संभावना पनि रहेको नेताहरुले बताएका छन् ।

    यसअघि आजको स्थायी कमिटीमा पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डले एकअर्काप्रति आरोप–प्रत्यारोपसहित पेश गरेका दुवै प्रतिवेदनमाथी छलफल गर्ने कार्यसूची थियो । प्रधानमन्त्री ओलीले चोरबाटोबाट अचानक अध्यादेश जारी गरेपछि भने नेकपाको जारी विवाद र स्थायी कमिटीको छलफल र निर्णय कतातिर मोडिन्छ भन्ने चासोको बिषय बनेको छ ।

    ओलीप्रति असन्तुष्ट प्रचण्ड–नेपाल समूहले ओली छलफल र सहमति नआए बहुमतको बाटो रोज्ने चेतावनी दिँदै आएको छ भने त्यसविरुद्ध कस्तो कदम चाल्नुपर्छ त्यो आफूलाई पनि राम्रोसँग थाहा भएको कुरा ओलीले पनि बताउँदै आउनुभएको छ । सचिवालयदेखि स्थायी कमिटीमा ओली प्रष्ट अल्पमतमा हुनुहुन्छ ।


    बुधवार, पौष १ २०७७०७:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij