Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक आज बस्दै

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक आज बस्दै

  • बुधवार, पौष १ २०७७

  • 1.8K
    SHARES

  • कांग्रेसको आकस्मिक पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक आज (बुधबार)बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी सभपाति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो अचानक संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि सरकारको त्यस कदमबारे आजको बैठकमा छलफल हुने कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो । मुख्यसचिव पौडेलका अनुसार बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुनेछन् ।

    कोरम नपुगेर पटक–पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले हिजो राष्ट्रपतिसमक्ष संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको थियो । 

    उक्त अध्यादेशमा परिषद् बैठकका लागि गणपुरक संख्या ३ जनामात्र भए पनि हुने उल्लेख छ । यसअघि बैठक बस्नको लागि परिषद् अध्यक्ष र कम्तिमा चार जना सदस्यसहित ५ जना उपस्थित हुनुपर्ने प्रावधान थियो । उक्त अध्यादेश जारी भएसँगै चौतर्फी विरोध भइरहेको छ ।


    बुधवार, पौष १ २०७७०६:५२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij