Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मेलम्चीपछिकै ठूलो खानेपानी आयोजना सुर्खेतमा

मेलम्चीपछिकै ठूलो खानेपानी आयोजना सुर्खेतमा

  • मंगलवार, मंसिर ३० २०७७

  • 1.4K
    SHARES

  • मेलम्चीपछिकै ठूलो खानेपानी आयोजना सुर्खेतमा

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेरी नदीको पानी तानेर खानेपानी आपूर्ति गर्ने योजना अगाडि बढाइएको छ ।
    खानेपानीको दीर्घकालीन आपूर्ति गर्न वीरेन्द्रनगरमा ‘भेरी पम्पिङ’ आयोजना निर्माण गर्ने तयारी थालिएको हो । त्यसको लागि करिब साढे सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

    तीन वर्षभित्र निर्माण गरिसक्ने भनिएको यो ‘भेरी पम्पिङ’ आयोजनालाई मेलम्चीपछिकै ठूलो मानिएको छ ।

    प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरको जनसंख्या दिनहुँ बढ्दो छ । आगामी ३० वर्षपछिको जनसंख्यालाई ध्यानमा राखेर ‘भेरी पम्पिङ’ आयोजना शुरु गर्न लागिएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।

    मन्त्री ज्वालाका अनुसार प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आयोजनाको काम अगाडि बढाइने छ । हाल खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक टोलीले आयोजना निर्माण र वितरणबारे डिजाइन बनाउन थालेको छ ।

     


    मंगलवार, मंसिर ३० २०७७०१:०३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij