Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

आज फेरि किन रोकियो संवैधानिक परिषद्को बैठक ?

आज फेरि किन रोकियो संवैधानिक परिषद्को बैठक ?

  • मंगलवार, मंसिर ३० २०७७

  • 1.1K
    SHARES

  • आज फेरि किन रोकियो संवैधानिक परिषद्को बैठक ?

    काठमाडौं । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओली प्रतिको असन्तुष्टिका कारण आज पनि संवैधानिक परिषद्को बैठक रोकिएको छ । सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि आज बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको हो ।

    परिषद् अध्यक्ष ओलीले आजै साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गनुभएको हो । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो ।

    प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान छ । उपसभामुख पद अहिले रिक्त छ ।

    यस्तो अवस्थामा सभामुख सापकोटा नगएपछि बैठकमा कोरम नपुगेको हो । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नहुनुभएको स्रोतले जनाएको छ ।

    संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उहाँनिकटका व्यक्तिहरूले बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा र सभामुख सापकोटा नजाँदा बैठक सारिएको थियो ।

    यसैबीच, मन्त्रीपरिषद्को बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक चलिरहेको हो । बिहान ११ बजेपछि सुरु भएको आजको बैठकले केही महत्वपुर्ण नियुक्ति गर्ने बताइएको छ ।

     


    मंगलवार, मंसिर ३० २०७७१२:०७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij