Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओलीसँग मिलेर गणतन्त्र रक्षा हुँदैन– प्रदीप पौडल

ओलीसँग मिलेर गणतन्त्र रक्षा हुँदैन– प्रदीप पौडल

  • मंगलवार, मंसिर ३० २०७७

  • 1.1K
    SHARES

  • ओलीसँग मिलेर गणतन्त्र रक्षा हुँदैन– प्रदीप पौडल

    काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदीप पौडलले प्रधानमन्त्री केपी ओलीसँग मिलेर गणतन्त्र रक्षा गर्न नसकिने टिप्प्णी गर्नुभएको छ । गणतन्त्र जोगाउन ओलीसँग मिलेर नभई केपी ओलीका गलत कृयाकलापहरुको बारेमा जनतालाई अवगत गराएर मात्रै गणतन्त्रलाई बलियो बनाउन सकिने उहाँले तर्क गर्नुभयो ।

    गणतन्त्र ल्याउनका लागि प्रधानमन्त्री ओलीको खास भूमिका नरहेको प्रशंग उल्लेख गर्दै उहाँले ओलीकै कारण गणतन्त्र धरापमा परेको तर्क गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले गणतन्त्र सुहाउदो व्यवहार र काम नगरेकोले गणतन्त्रप्रति नै आम जनताको वितृष्ण बढेको आरोप लगाउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता पौडेलले भन्नुभयो, “प्रधानमन्त्री ओलीकै कारण गणतान्त्रीक व्यवस्थाप्रति नै मानिसहरुको गलत बुझाइ हुन थाल्यो, त्यसैले पनि काँग्रेस अव निरन्तर आन्दोलनमा जानु पर्दछ ।”

    ओलीको कुनै चरित्र, व्यवहार, गणतन्त्र अनुसारको नभएको र लोकतन्त्रलाई सुहाउने नभएको उहाँले दावी गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली र नेकपाको कमजोरीलाई व्यवस्थाकै कमजोरीको रुपमा बुझ्न थालिनु सवैभन्दा डरलाग्दो पक्ष भएको तर्फ ध्यानाकर्षण गराउनुभयो ।

    “अहिले भइरहेको कमजोरी, व्यक्ति वा पार्टीको कमजोरी हो, व्यवस्थाकै कमजोरी हैन भन्ने बुझाउन पनि काँग्रेसले निरन्तर जनताको विचमा जानु पर्ने आवश्यकता भयो,” उहाँले भन्नुभयो ।


    मंगलवार, मंसिर ३० २०७७०९:१५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij