Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अब राजतन्त्र फर्कँदैन, हिन्दूराष्ट्र चाहिँ पुर्नस्थापना हुन्छ : महामन्त्री कोइराला

अब राजतन्त्र फर्कँदैन, हिन्दूराष्ट्र चाहिँ पुर्नस्थापना हुन्छ : महामन्त्री कोइराला

  • सोमवार, मंसिर २९ २०७७

  • 1.3K
    SHARES

  • अब राजतन्त्र फर्कँदैन, हिन्दूराष्ट्र चाहिँ पुर्नस्थापना हुन्छ : महामन्त्री कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर आउने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगरस्थित कोइरालानिवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले राजावादीहरुको आन्दोलनप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो ।

    महामन्त्री डा. कोइरालाले बरु हिन्दूराष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिनुभयो । जनमत संग्रहमार्फत हिन्दूराष्ट्र हुनुपर्ने उहाँले स्पस्ट पार्नुभयो ।

    ‘अबको चुनावपछि कांग्रेसको सरकार बन्छ । त्यसपछि राजनीतिक स्थिरता आउँछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ । तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन ।’

    अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारविरुद्धको देशव्यापी आन्दोलनमा छ । यसैक्रममा महामन्त्री डा. कोइराला विराटनगर पुग्नुभएको हो ।

     


    सोमवार, मंसिर २९ २०७७११:३७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij