काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज दोहोरो अंकले बढेको छ । आज नेप्से ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ ।
नेप्सेको वेबसाइट अनुसार आज ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीनबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ ।