Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ट्रम्प र बाइडेन समूहबीच चक्कु हानाहान

ट्रम्प र बाइडेन समूहबीच चक्कु हानाहान

  • आइतवार, मंसिर २८ २०७७

  • 1.5K
    SHARES

  • ट्रम्प र बाइडेन समूहबीच चक्कु हानाहान

    एजेन्सी । चुनावमा आफ्नो हार अझै अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका समूहबीच वासिङ्टनमा चक्कु हानाहान भएको छ ।

    ट्रम्पका पक्षधर प्राउड ब्वाइज समूहले चुनावमा धाँधली भएको भन्दै वासिङटन डिसीका सडकमा प्रदर्शन गर्ने क्रममा बाइडेन पक्षधरका एन्टिफा काउन्टर प्रोटेस्टर समूहसँग झडप भएको हो ।

    सोक्रममा चक्कु (छुरा) प्रहारबाट ४ जना घाइते भएका छन् । अहिले उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । झडपमा संलग्न आरोपमा प्रहरीले २३ जनालाई गिरफ्तार गरेको छ ।

    गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनमा बाइडेनले जित हासिल गरिसकेका छन् । तर पनि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै आफ्नो हार अस्वीकार गरिरहेका छन् र नतिजा उल्टाउन अदालत धाइर


    आइतवार, मंसिर २८ २०७७०३:२९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij