Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

स्थायी कमिटी बैठकमा नारायणकाजीको बचाउ गर्दै प्रचण्डले भने, ‘हाइड्रो पावरको सेयरका विषयमा उहाँले समन्वय मात्रै गर्नुभएको हो’

स्थायी कमिटी बैठकमा नारायणकाजीको बचाउ गर्दै प्रचण्डले भने, ‘हाइड्रो पावरको सेयरका विषयमा उहाँले समन्वय मात्रै गर्नुभएको हो’

  • आइतवार, मंसिर २८ २०७७

  • 919
    SHARES

  • स्थायी कमिटी बैठकमा नारायणकाजीको बचाउ गर्दै प्रचण्डले भने, ‘हाइड्रो पावरको सेयरका विषयमा उहाँले समन्वय मात्रै गर्नुभएको हो’

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । पूर्वसांसदसमेत रहेका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको हो ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामाको निधन पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशसँग गासिएर आएको विषयमा बैठकमा ब्रिफिङ गरेको स्रोतले जनाएको छ ।

    ‘कमरेड प्रकाशले कमानससिंहजी हाइड्रो पावरको सेयरका विषयमा समन्वय मात्रै गर्नुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

    आजको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्थ्यो । ओली सहभागि हुने भएरै आजको बैठक बालुवाटार सारिएको स्रोतले जनाएको छ ।

    केन्द्रीय सदस्य लामाको गत मंसिर २४ गते राति कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।

    संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार आजको बैठक शोक प्रस्ताव पारित भएसँगै स्थगित भएको हो । स्थायी कमिटीको अर्को बैठक पुस १ गते बस्ने नेकपाले जनाएको छ । 


    आइतवार, मंसिर २८ २०७७०२:०८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij