Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संवैधानिक परिषद्को बैठक नबस्ने, गणपुरक सङ्ख्या नपुग्ने भएकाले स्थगित गर्नुपर्ने बाध्यता

संवैधानिक परिषद्को बैठक नबस्ने, गणपुरक सङ्ख्या नपुग्ने भएकाले स्थगित गर्नुपर्ने बाध्यता

  • आइतवार, मंसिर २८ २०७७

  • 1.0K
    SHARES

  • संवैधानिक परिषद्को बैठक नबस्ने, गणपुरक सङ्ख्या नपुग्ने भएकाले स्थगित गर्नुपर्ने बाध्यता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै डेढ बर्षपछि बोलाएको संवैधानिक परिषद्को बैठक आज नबस्ने भएको छ ।
    प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा बैठकमा उपस्थीत नहुने भएपछि बैठक नबस्ने भएको हो ।

    संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता बैठकमा अनिवार्य उपस्थीत हुनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
    बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा पनि अनुपस्थीत हुने संभावना रहेकाले पनि बैठक बस्ने संभावना कम रहेको छ ।

    प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग संवैधानिक निकायमा हुने नियुक्तिका बारेमा कुनै छलफल नगरेकाले प्रचण्ड निकट नेता मानिनुहुने सभामुख सापकोटा बैठकमा नजानुहुने भएको छ ।

    संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ।

    पसभामुख पद लामो समयदेखि रिक्त छ। संवैधानिक परिषद् ऐन २०६६ मा बैठकको गणपूरक संख्याका लागि अध्यक्ष र चार जना सदस्यको उपस्थिति आवश्यक हुने उल्लेख छ। अहिले परिषद्मा प्रधानमन्त्रीसहित पाँच जना मात्रै सदस्य छन्। एक जना सदस्य मात्रै अनुस्थित भए बैठकका लागि गणपूरक संख्या पुग्दैन।

    प्रतिपक्षी दलका नेता र सभामुख नै सहभागी नहुने भएपछि बैठकमा गणपुरक संख्या पनि नपुग्ने भएको छ । बैठक बस्नुको औचित्य नभएपनि प्रधानमन्त्री ओलीको तर्फबाट बैठक स्थगित भएको सूचना अहिलेसम्म सार्वजनिक भएको छैन । प्रधानमन्त्री ओलीले अहिले विहान नौ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाउनु भएको थियो ।

     


    आइतवार, मंसिर २८ २०७७०८:४९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij