काठमाडौं । ललितपुमा राजसंस्था पक्षधरहरूले विशाल मोटरसाइकल ¥याली निकालेका छन् । आज राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको ¥यालीलाई राप्रपाले नेतृत्व गरेको थियो ।
¥यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए । राप्रपा केन्द्रीय सदस्य नीरञ्जन थापाले ¥यालीको नेतृत्व गरेका थिए ।
थापाका अनुसार ¥याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको थियो । ¥याली कुपण्डोल, सानेपा, लगनखेलहुँदै जावालाखेल पुगेर टुंगिएको थियो । जुलुशमा सहभागीले जावलाखेलस्थित स्व. राजा वीरेन्द्रको शालिक परिक्रमा गरी ‘श्रीमान गम्भीर नेपाली’, बोलको पुरानो राष्ट्रगान बजाएका थिए ।
मोटरसाइकलमा रहेकाहरूले राष्ट्रिय झन्डा बोकेका थिए । ¥यालीमा बहुसंख्यक युवा सहभागी थिए । विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा आन्दोलनहरू भइरहेका छन् ।