Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

देउवाको दुविधा : ओलीविरुद्ध आन्दोलनको तयारी, ओलीसँगै पटक–पटक भेटवार्ता

देउवाको दुविधा : ओलीविरुद्ध आन्दोलनको तयारी, ओलीसँगै पटक–पटक भेटवार्ता

  • शनिवार, मंसिर २७ २०७७

  • 934
    SHARES

  • देउवाको दुविधा : ओलीविरुद्ध आन्दोलनको तयारी, ओलीसँगै पटक–पटक भेटवार्ता

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पर्सी सरकारविरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरिरहेको बेला काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको विषयलाई काँग्रेस भित्र नकारात्मक रुपमा लिइएको छ । संघीय संसदको उपसभामुख र संवैधानिक आयोगमा केही हिस्सा पाउने लालचमा सभापति देउवा सरकारका स्वेच्छाचारितामा मौन हुने गरेको काँग्रेसकै नेताको आरोेप छ ।

    जसका विरुद्धमा आन्दोलनको तयारी भइरहेको छ उसैलाई पटक पटक भेट्न जानुले कार्यकर्ताको आत्मसम्मानमा चोट पर्याएको नेताहरुको भनाई छ । सभापति देउवाले गत मंगलबारको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री ओली विरुद्ध अनपेक्षित मौनता साधेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

    पछिल्लो समय ओलीसँग भेटवार्ता बाक्लिएपछि देउवा ओलीप्रति केही उदार देखिएको पाइन्छ । ओली देउवाको भेटवार्तामा सत्तारुढ नेकपामा देखिएको अन्तरकलहले निम्ताउने सम्भावित पार्टी विभाजन र सत्ता साझेदारीको विषयमा छलफल भएको अनुमान गरिएको छ । ओलीप्रति लचक भएकैले ओलीको अनिच्छा अनुसार सभापति देउवाले संसद अधिवेशन बोलाउन माग गर्ने पार्टीको निर्णयलाई पनि निश्क्रिया पार्नु भएको छ ।

    काँग्रेसले सरकारको क्रियाकलापप्रति असन्तुष्टि जनाउदै पर्सी २९ गते देशभरी सरकारका विरुद्धमा प्रदर्शन गर्न लागेको छ भने सभापति देउवा र प्रधानमन्त्री ओलीबीच हिजो साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा भेटवार्ता भएको हो ।
    काँग्रेसले प्रदर्शन गर्न लागेको अघिल्लो दिन भोली प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर आन्दोलनलाई कमजोर पार्ने रणनीति लिनु भएको देखिएको छ ।


    शनिवार, मंसिर २७ २०७७०९:१९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij