Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नारायणकाजीको राजनीति संटकमा

नारायणकाजीको राजनीति संटकमा

  • शुक्रवार, मंसिर २६ २०७७

  • 1.6K
    SHARES

  • नारायणकाजीको राजनीति संटकमा


    काठमाडौँ – पूर्वसांसद एवं नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएपछि यसबारे छानबिन गर्न सरकारलाई दबाब परेको छ ।

    लामा र श्रेष्ठबीच एउटा विवादित लेनदेनको भिडियो सार्वजनिक भएको छ । भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ ।

    उक्त भिडियो सार्वजनिक भएपछि प्रवक्ता श्रेष्ठमाथि नैतिक चरित्र गुमेको नेताका रुपमा टिप्प्णीहरु हुन थालेका छन् । कतिपयले सामाजिक सञ्जालमार्फत श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    विवादित लेनदेनको भिडियोबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न सत्तारुढ नेकपाकै नेताहरुले माग गरेका छन् । नेकपाका सांसद झपट रावलले विवादित लेनदेनको भिडियो र त्यसमा प्रवक्ता श्रेष्ठको संलग्नताबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

    यस्तै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले पनि विवादित भिडियो र करोडौँको लेनदेन विवादबारे सार्वजनिक घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

    कांग्रेस केन्द्य्रीय सदस्य डा. चन्द्र भण्डारीले मुलुकको सम्वृद्धि गर्छाै भनेर राजनीतिमा लागेका नेताहरु काण्डै काण्डमा फस्नु नेपाली राजनीतिको लज्जास्पद पक्ष रहेको बताउनुभयो ।

    आफ्नै पार्टीसहित विपक्षी दलका नेताहरुबाट छानबिनको माग भइरहँदा प्रवक्ता श्रेष्ठले भने आफ्नो चरित्र हत्या गर्ने गरी प्रचार भएको बताउनुभएको छ ।

    स्वर्गीय नेता लामा र आफू लामो समयदेखिको सहयोद्धा भएको बताउँदै उहाँले एउटा हाइड्रोको सेयरको विवादमा लामाकै अनुरोधमा आफूले मध्यस्थता गर्न खोजेको स्ष्पटीकरण दिनुभएको छ ।

    तर उहाँको स्पष्टीकरणलाई पत्याइ हाल्ने कुनै आधार नरहेको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।


    शुक्रवार, मंसिर २६ २०७७०८:००:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij