Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भोली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै

भोली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै

  • शुक्रवार, मंसिर २६ २०७७

  • 1.1K
    SHARES

  • भोली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ l  नेपाली कांग्रेसले शनिबार बिहान आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

    पूर्व केन्द्रीय सदस्य तथा प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

    ८० वर्षे श्रेष्ठको ब्रेन ह्यामरेजपछि उपचारका लागि अस्पताल भर्ना गरिएको अवस्था उपचारको क्रममा निधन भएको हो। २०१४ सालदेखि कांग्रेसमा आबद्ध श्रेष्ठले प्रजातन्त्रका लागि पटक पटक गरी १४ वर्ष जेल जीवन बिताउनु भएको छ ।

    २०१९ सालमा दरबारमा बम विस्फोट गराउने योजना बनाएको अभियोगमा उहाँलाई निरन्तर ११ वर्ष जेल हालिएको थियो।


    शुक्रवार, मंसिर २६ २०७७०५:५१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij