Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठकमा जाने संभावना

प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठकमा जाने संभावना

  • बिहिवार, मंसिर २५ २०७७

  • 986
    SHARES

  • प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठकमा जाने संभावना

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आगामी स्थायी कमिटिको बैठकमा सहभागी हुने संभावना देखिएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म बैठकमा नजाने बताउनु भएका ओली अहिले भने सहभागी हुने संभावना देखिएको हो ।

    प्रधानमन्त्री ओली निकट मानिनु भएका र दुई अध्यक्षका बीचमा सहमती बनाउने प्रयास गरिरहनु भएका स्थायी कमिटि सदस्य सुवास नेम्वाङले नेपाली नेटवर्कसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने संकेत गर्नु भयो ।
    अध्यक्षद्धय ओली र प्रचण्डका बीचमा हिजो भएको भेटवार्तामा प्रधानमन्त्री बैठकमा सहभागी हुने र दुवै अध्यक्षको प्रतिवेदन स्थगित गर्ने बारेमा छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

    नेपाली बहसमा उहाँले भन्नुभयो, प्रधानमन्त्रीजीले अर्का अध्यक्ष प्रचण्डजीलाई दुबै अध्यक्षको प्रतिवेदन स्थगित गरी अगाडि बढ्न आग्रह गर्नु भएको थियो, उहाँले अरुसँग मिल्नुभन्दा दुई अध्यक्ष मिलेर जानु पर्नेमा जोड दिनु भएको र त्यसमा प्रचण्डजी सिद्धान्तः सहमत हुनुभएको छ ।

    नेता नेम्वाङले सँगै मिलेर जानु पर्ने उहाँहरुको निश्कर्ष भएपनि आधार भने तयार भइनसकेको बताउनुभयो । उहाँ दुई जना मिल्नुको अर्थ अरु नेताहरुलाई वेवास्ता गर्ने भन्ने अर्थमा बुझ्न भने नमिल्ने उहाँले स्पष्ट पानुृभयो । पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललाई विश्वासन नगर्न प्रधानमन्त्री ओलीले प्रचण्डलाई आग्रह गरेको भन्ने समाचार झुटो भएको दावी गर्नुभयो ।


    बिहिवार, मंसिर २५ २०७७०९:१४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij