Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सरकार विरुद्ध सडक तताउने तयारीमा विपक्षी दलहरु

सरकार विरुद्ध सडक तताउने तयारीमा विपक्षी दलहरु

  • बुधवार, मंसिर २४ २०७७

  • 803
    SHARES

  • सरकार विरुद्ध सडक तताउने तयारीमा विपक्षी दलहरु

    काठमाडौं । आफ्नै पार्टी भित्रबाट आलोचना खेपिरहेको सरकारका विरुद्ध विपक्षी दलहरु पनि सडकमा उत्रने भएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध केही दलहरुले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन भने अन्य दलहरुको तयारी पनि सडक संघर्षमा जाने देखिन्छ ।

    प्रमुख विपक्षी दल नेपाली काग्रेसले आउँदो २९ गते सरकार विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ । त्यसैको तयारी स्वरुप भोली कंग्रेसको केन्द्रिय पदाधिकारी बैठक बस्दैछ । प्रवक्ता विश्वप्रकाश शर्मा

    उता, राजावादीहरुले पनि सडकमा आन्दोलन चर्काउदै लगेका छन् । राष्टिय प्रजातन्त्र पार्टीले पनि त्यहि मौकामा राजावादीहरुलाई एकत्रित पार्ने र सँगै आन्दोलन गर्ने तयारीमा छ ।

    अहिलेसम्म भएका प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको र अब सवैलाई समेटेर बृहत राष्ट्रवादी प्रजातान्त्रिक नागरिक मोर्चा बनाइने बताउनुहुन्छ एक अध्यक्ष डा प्रकाश चन्द्र लोहनी

    यता जनता समाजवादी पार्टी पनि सरकार विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने अन्तिम तयारीमा छ । यस्तै राष्टिय जनमोर्चा पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका साथै संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।

    जनमोर्चाले भोली देशव्यापी रुपमा खुलासभा तथा कोणसभा गर्ने र मंसिर २६ गतेदेखि पौष १० गतेसम्म जिल्ला पालिका र वडास्तरमा विरोध प्रदर्शन, जुलुस आदी कार्यक्रम गर्ने जनाएको छ ।

    हिजो प्रधानमन्त्री ओलीले वालुवाटारमा राख्नुभएको सर्वदलिय बैठकमा समेत नेताहरुले सरकारको चर्को आलोचना गरेका थिए । दलहरुले आन्दोलन चर्काउने घोषणा गरिरहदा सत्तारुढ नेकपाका नेता एवं पूर्व मन्त्री गोकुुलबास्कोटा भने अहिले कुनैपनि पनि आन्दोलनले आफ्नो माग स्थापीत गर्न नसक्ने दावी गर्नुुहुन्छ ।

    पार्टीको आन्तरिक विवाद आउने जाने तथा विपक्षीले आन्दोलन गर्न पाउने तर मागलाई स्थापीत गर्न नसक्ने उहाँको टिप्पणी छ ।

    नेकपाकै नेताहरुले सरकारको कार्यशैलीमाथी तिखा टिप्पणी गरिरहेका बेला सडकमा जान विपक्षी दलहरुलाई भने सजिलो भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको केन्द्रिय सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा सरकारको चर्को आलोचना गरिएको छ ।

    वर्तमान सरकार सुशासन कायम गर्न असफल बनेको निष्कर्ष सहित प्रधानमन्त्री ओली माथी प्रचण्डले लगाएका दर्जनौ आरोपहरुले विपक्षी दलहरुलाई सरकार माथी प्रश्न उठाउन सजिलो भएको छ ।

    पार्टी भित्रको विवाद स्थायी कमिटीमा पुगेसँगै बढेको दबाब र विपक्षी दलहरुको आन्दोलनले चर्काउने आन्दोलनलका कारण थप दबाबमा पर्नुभएका प्रधानमन्त्री ओलीको आगामी कदम के होला त ? प्रतिक्षाको विषय बनेको छ ।


    बुधवार, मंसिर २४ २०७७०८:०३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij