Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता 'विवेकशील साझा पार्टी नाम घोषित'

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता 'विवेकशील साझा पार्टी नाम घोषित'

  • बुधवार, मंसिर २४ २०७७

  • 1.8K
    SHARES

  • विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता 'विवेकशील साझा पार्टी नाम घोषित'

    काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । अलग भएको २२ महिनापछि साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा आज हस्ताक्षर गरेका हुन् ।

    एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे हुनुहुन्छ । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५–६५ जना रहनेछन् ।

    केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३–१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

    यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए ।
    यस्तै अध्यक्ष मिश्रले आउँदो निर्वाचनमा जनताले आफूहरुलाई निर्विकल्प नेतृत्वका रुपमा चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    आज भएको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले आफूहरुले विगतको गल्तीलाई सुधारेको बताउनुभयो । यसैगरी संयोजक पाण्डेले विगतमा राजनीतिक दुर्घटना भएको भन्दै विगतबाट पाठ सिक्दै एकतामा आएको बताउनुभो ।

    उहाँले विवेकशील साझाको वैकल्पिक, सुसंस्कृत राजनीति गर्ने इमान्दार प्रयास भएको बताउनुभयो । दुबै पक्षको कमजोरीका कारण त्यसबेला राजनीतिक दुर्घटना भएको भन्दै अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझा पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प पार्टी बनाउने दाबी गर्नुभएको छ ।


    बुधवार, मंसिर २४ २०७७०५:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij