Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साझा र विवेकशीलबीच आज पुनः एकता हुँदै

साझा र विवेकशीलबीच आज पुनः एकता हुँदै

  • बुधवार, मंसिर २४ २०७७

  • 918
    SHARES

  • साझा र विवेकशीलबीच आज पुनः एकता हुँदै

    काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएका साझा पार्टी र विवेकशील दलले आज पुनः एकता गर्ने भएका छन् ।

    यी दुई दलले आज दिउँसो साढे ३ बजे भर्चुअल कार्यक्रम गरी एकिकरण घोषणा गर्न लागेका हुन् । पार्टीको नाम विवेकशील साझा पार्टी रहने छ भने चुनाव चिन्ह तराजु हुनेछ ।

    पार्टीको अध्यक्ष रवीन्द्र मिश्र रहनुहुने छ भने संयोजकको जिम्मेवारी मिलन पाण्डेले पाउनुहुने छ । दुबै दलबाट ६५–६५ जना केन्द्रिय समितिमा रहने छन् ।

    यसैगरी २६ सदस्यीय सचिवालय चयन गरिने छ । एकिकृत पार्टीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका मुद्दालाई प्रगतिशील मुद्दाको रुपमा उठाउने बताएको छ ।

    साझा र विवेकशील दल केही वर्षअघि छुट्टिएका थिए । यसअघि यी दुई पार्टीबीच ०७४ सालमा एकता भएको थियो ।

     

     


    बुधवार, मंसिर २४ २०७७०३:११:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij