Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

परिवर्तनविरोधीलाई बाबुरामको सुझाब, ‘विदेशी मेशिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिड’

परिवर्तनविरोधीलाई बाबुरामको सुझाब, ‘विदेशी मेशिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिड’

  • बुधवार, मंसिर २४ २०७७

  • 990
    SHARES

  • परिवर्तनविरोधीलाई बाबुरामको सुझाब, ‘विदेशी मेशिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिड’

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्नेहरुमाथि कटाक्ष गर्नुभएको छ । उहाँले आज ट्विट गर्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुप्रति कटाक्ष गर्नुभएको हो ।
    डा. भट्टराईले परिवर्तन विरोधीहरुलाई विदेशी भाषा पढ्न र विज्ञान–प्रविधि उपभोग नगर्न पनि सुझाव दिनुभएको छ ।

    ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझावः विज्ञान–प्रविधि र विदेशी भाषा नपढ, गुरूकुल मात्र जाऊ । अस्पताल नजाऊ, धामी–झांक्री लगाऊ’, उहाँले लेख्नुभएको छ, ‘गाडी नचढ, पैदल मात्र हिड । विदेशी मेशिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिड’, फोन, इन्टरनेट र टिभी प्रयोग नगर ! नत्र वकवास नगर !’

    डा. भट्टराई सामाजिक सञ्जालमा आफ्ना धारणा राखिरहनु हुन्छ । उहाँ रमजनीतिक विषयदेखि समसामयिक विषयमा हल्का खाले टिप्पणीसमेत गर्नुहुन्छ ।

    जसका कारण डा भट्टराईलाई धेरै सामाजिक सञ्जाल उपयोगकर्ताले गालीसमेत गर्नेगरेका छन् । उहाँलाई हिन्दूधर्मविरोधी, पश्चिमाको एजेन्ट, भारतको गोटी जस्ता आरोप लाग्ने गर्छन् ।

    Capture.PNG


    बुधवार, मंसिर २४ २०७७०१:५९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij