Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मन्त्री त्रिपाठी भन्छन् – गाईको मासु खानेहरूले हिन्दूराष्ट्रको वकालत गर्दैछन्

मन्त्री त्रिपाठी भन्छन् – गाईको मासु खानेहरूले हिन्दूराष्ट्रको वकालत गर्दैछन्

  • बुधवार, मंसिर २४ २०७७

  • 1.1K
    SHARES

  • मन्त्री त्रिपाठी भन्छन् – गाईको मासु खानेहरूले हिन्दूराष्ट्रको वकालत गर्दैछन्

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले राजतन्त्रको माग गर्दै पछिल्लो समय प्रदर्शनमा उत्रिएकाहरुमाथि कडा टिप्पणी गर्नुभएको छ । मन्त्री त्रिपाठीले गाईको मासु खानेहरूले नै हिन्दू राष्ट्रको माग गर्दै सडकमा उत्रिएको आरोप लगाउनुभएको छ ।

    नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानीमा उहाँले गाईको मासु खानेहरूले राजनीतिक वकालत गरेको भन्दै कठोर आलोचना गर्नुभएको हो । ‘धर्मको नाममा म आफै हिन्दू हुँ । म मदिरा खाने र गाईको मासु खाने मान्छे होइन’, मन्त्री त्रिपाठीले भन्नुभयो, ‘मैले देखेको छु, मदिरा सेवन गर्नेहरू र गाईको मासु खानेहरू नै हिन्दूका लागि राजनीतिक वकालत गर्छन् ।’

    हिन्दू राष्ट्र र राजसंस्थाको माग गरेर सडकमा आन्दोलन रहेका बेला मन्त्री त्रिपाठीले आन्दोलनकारीहरूलाई यस्तो आरोप लगाउनुभएको हो । राजतन्त्रको पक्षमा पछिल्लो समय काठमाडौं लगायत देशमा मुख्य सहरमा प्रदर्शन हुँदै आएको छ ।


    बुधवार, मंसिर २४ २०७७०९:२६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij