काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई ताजा गति दिनको लागि शिखर सम्मेलन शीघ्र गर्नुपर्नेमा जोड दिनुभएको छ।
३६औं सार्क चार्टर डे को उपलक्ष्यमा भएका एक शुभकामना दिदै प्रधानमन्त्री ओलीले स्थापनाको ३६ वर्षमा सार्कले साझा फोरमको रुपमा धेरै ठोस प्रगतीहरु गरेको र साझा समझदारी र सहकार्यलाई प्रवर्द्धन गरेको समेत बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ,’शिखर सम्मेलन जतिसक्दो चाँडो आयोजना गरेर अवरुद्ध सार्क प्रक्रियालाई ताजा गति दिँदा जनतामा आशा जगाउन र आगाडी बढ्ने आधार तयार पार्न सकिन्छ ।’ यस्तै उहाँले अब अगाडी बढ्नका लागि राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता हित ठोस कार्यको आवश्यकता रहेकोमा समेत जोड दिनुभएको छ ।
सन् २०१४ मा सार्क सम्मेलन भएयता सार्कको कुनै पनि सम्मेलन हुन सकेको छैन् । सन् २०१६ को नोभेम्बरमा आयोजना गरिएको सार्क सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।
त्यस यता सार्क सम्मेलन गर्न भारतले कुनै पनि चासो दिएको छैन् । भारत सहमत हुन नमानेका कारण नै सम्मेलन मात्र होइन्, सार्क नै अनिश्चित बनेको छ