Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेपाल र चिनको सम्बन्ध विश्वासले निर्देशित गरेको छः परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल र चिनको सम्बन्ध विश्वासले निर्देशित गरेको छः परराष्ट्रमन्त्री ज्ञवाली

  • मंगलवार, मंसिर २३ २०७७

  • 991
    SHARES

  • नेपाल र चिनको सम्बन्ध विश्वासले निर्देशित गरेको छः परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा सगरमाथाको उचाइ मापन गरेको छ । उचाइ मापनसँगै नेपालले सगरमाथाको समुद्री सतहदेखिको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको तथ्य आज सार्वजनिक गरेको हो ।
    नापी विभागको टोलीले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

    आज सार्वजनिक भएको नयाँ उचाइलाई नेपाल सरकारको मन्त्रिपरिषदले दुई साताअघि नै अनुमोदन गरेको थियो । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । उचाइ घोषणाको कार्यक्रम भर्चुअल रुपमा गरिएको थियो ।

    उचाई घोषणा गर्ने क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा नेपाल र चीनको सम्बन्धको प्रतिक भएको बताउनुभयो ।
    सगरमाथा नेपाल र चीनको सम्बन्धको प्रतिक रहेको र दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्तबाट मात्रै निर्देशित नभएर आपसी सद्भाव र विश्वासले पनि निर्देशित गरेको उहाँको भनाइ छ ।

    यस्तै सोहि क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनले एक वर्षसम्म संयुक्त रुपमा गरेको कामले सफलता प्राप्त गरेको बताउनुभयो । विदेशमन्त्री वाङ यीले दुई देशबीचको सम्बन्ध यसैगरि विश्वासका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    मंगलवार, मंसिर २३ २०७७०७:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij