Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

  • मंगलवार, मंसिर २३ २०७७

  • 1.7K
    SHARES

  • बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

    एजेन्सी । बेलायतले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको सार्वजनिक खोप कार्यक्रम सुरु गरेको छ । आज एक वृद्ध महिलालाई खोप दिँदै कार्यक्रम सुरु गरिएको हो ।

    कार्यक्रमको सुरुवातमा उत्तरी आयरल्याण्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिइएको छ । उक्त खोप मार्गरेट किनानले पाएकी हुन् । कोरोना खोप लगाउन पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताएकी छिन् ।

    बेलायतले कोरोना खोप सबैभन्दा पहिला ८० वर्षभन्दा बढी उमेरका सर्वसाधारण र स्वास्थ्य तथा स्याहार केन्द्रमा काम गर्ने कर्मचारीलाई प्रदान गरिने बताएको छ ।


    मंगलवार, मंसिर २३ २०७७०१:५३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij