Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘नेकपा विवाद देश र जनताका पक्षमा छैन, नेताहरु उल्टो बाटो हिडिरहनु भएको छ’

‘नेकपा विवाद देश र जनताका पक्षमा छैन, नेताहरु उल्टो बाटो हिडिरहनु भएको छ’

  • बिहिवार, आषाढ २५ २०७७

  • 950
    SHARES

  • ‘नेकपा विवाद देश र जनताका पक्षमा छैन, नेताहरु उल्टो बाटो हिडिरहनु भएको छ’

    काठमाडौँ । नेकपाको शीर्ष तहमा चलेको विवादलाई पार्टीभित्रकै नेताहरुले देश र जनताको विपक्षमा भएको बताएका छन् । शीर्ष तहमा देखिएको यो विवाद दुइतिहाई जनमतको विपक्षमा, देशप्रतिको उत्तरदायित्वको विपक्षमा र पार्टीका आम कार्यकर्ताको भावनाको विपक्षमा भएकाले सचिवालयमा रहेका सवै नेताहरुको पदिय लडाई उल्टो गतिमा बगिरहेको उनिहरुको निस्कर्ष छ ।

    नेपाली रेडियो नेटवर्कसँग कुरागर्दै नेकपा स्थायी कमिटीका सदस्य मणि थापाले नेकपाको विवाद उल्टो बाटोमा गइरहेकाले यो देश र जनताको पक्षमा नभएको बताउनुभयो । उहाँले मुलत दुई अध्यक्ष र सचिवालयमा रहेका सिमित नेताहरुको स्वार्थका कारण नेकपा जनमत विपरित गइरहेको दावी गर्नुभयो ।

    थापाले अहिले दुई अध्यक्षबिच भइरहेको एक्ला एक्लै वार्ताले पनि समाधान निकाल्न सक्ने अवस्था नदेखिएको र विवाद गर्ने गर्ने अनि आएर पुरानै ठाउँमा टुंगिने अवस्था देखिएको भन्दै लामो समयदेखि कायम रहेको तिक्ततालाई अन्त्य गरी पार्टी एकतालाई पुरा गरेर नयाँ पुस्तालाई पार्टी र सरकार हस्तान्तरण गरी विदा हुन दुवै अध्यक्षलाई सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो,‘नेकपाको झगडा मिलेन भने देश संकटमा जान्छ । नेकपानो झगडा राष्ट्र, जनता र शिदान्त अनुसार छैन् । यो बेलामा नेताहरुले यस्तो गर्नु हुने थिएन । भारतसंँगको विवाद समाधान गर्नुपर्ने ठाउँमा नेताहरु उल्टो बाटो हिडिरहनुभएको छ । एक पदमा बस्ने कि आलोपालो गर्ने हो उहाँहरुले सहमति गर्नुपर्यो । अहिले गणितको आधारमा गइयो भने पार्टी एकिकरण हुदैन । समझदारीमा जानुपर्छ ।’

    दुई अध्यक्षले आडान राख्ने कुरा आफ्नो ठाउँमा भएपनि पार्टी एकतागर्दै एमाले र माओबादीबिच धेरै भिन्नताहरु रहेको भन्दै उहाँले अहिले जसरी हुन्छ एकता बचाउँन आलोपालो वा एक जनाले पार्टी र अर्कोले सरकार चलाउने हो त्यसैमा सहमति गरी पार्टी र सरकारका समस्या समाधान गर्नेदेखि अरु नेताहरुको व्यवस्थापन गर्ने विषयमा जानुपर्ने धारणा राख्नुभयो ।

    थापाले भन्नुभयो,‘ दुई अधध्यक्षकाबिचमा मात्र हैन सचिवालय र स्थायी कमिटीमा पनि छलफल हुनुपर्छ । यसो नगर्ने र सधै किचलो गर्ने हो भने पार्टी पुटाउनुपर्यो । जनता भोकै बस्ने अनि नेताहरु बालुवाटारमा झगडा गरेर बस्न मिल्दैन । हाम्रो उदेश्य जनता प्रति थियो । त्यसमा विचलन आएको छ । यो बेलामा नेकपा एक ठाउँमा आउनुपर्ने थियो । हाम्रा अन्तरविरोधलाई त पछि पनि हल गर्न सकिने थियो नी ?।’


    बिहिवार, आषाढ २५ २०७७०८:४८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij