Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

समसामयिक राजनीतिका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

समसामयिक राजनीतिका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

  • मंगलवार, मंसिर २३ २०७७

  • 1.0K
    SHARES

  • समसामयिक राजनीतिका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

    मुलुकको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आयोजना गरिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    पछिल्लो समय देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि यस विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

    सर्वदलीय बैठकबारे नेकपा स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो । यस अघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा कायम रहेको सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।


    मंगलवार, मंसिर २३ २०७७०८:१३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij