Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सर्वदलीय बैठकमा राजावादीको प्रदर्शन मुख्य एजेण्डा, राप्रपालाई बोलाइएन

सर्वदलीय बैठकमा राजावादीको प्रदर्शन मुख्य एजेण्डा, राप्रपालाई बोलाइएन

  • सोमवार, मंसिर २२ २०७७

  • 1.0K
    SHARES

  • सर्वदलीय बैठकमा राजावादीको प्रदर्शन मुख्य एजेण्डा, राप्रपालाई बोलाइएन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सर्वदलिय बैठक बोलाउनुभएको छ । समसामयिक राजनीतिका सन्दर्भमा छलफल गर्नभन्दै भोली विहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाउनुभएको हो ।

    पछिल्लो समय राजावादीहरुले देशैभर आन्दोलनलाई तिब्रता दिएको विषयमा केन्द्रित रहेर संसदमा प्रतिनिधीत्व गर्ने सबै दलहरुलाई भोलीको छलफलमा डाकिएको हो । राजावादीहरुको प्रदर्शन,कोरोना रोकथामका लागि भैरहेका प्रयास, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घोषणा गरेको आन्दोलन सहित अन्य राजनैतिक विषयमा छलफल हुने छ । 

    राजावादीहरुको प्रदर्शन बढ्दै गएपछि सर्वदलिय छलफल आवश्यक रहेको मुख्य राजनीतिक दलहरुले बताउँदै आएका थिए ।गणतन्त्र विरोधी शक्तिहरुको चलखेल बढेको र ठुलो संघर्ष पछि प्राप्त राजनैतिक उपलब्धिलाई उल्टयाउने दुष्प्रयास भैरहेकोभन्दै विभिन्न राजनीतिक दलका नेताहरुले सार्वजनिक रुपमा शुरुवाती प्रतिक्रिया दिइसकेका छन् ।

    यस्तै राजावादीहरुको प्रदर्शन चर्कदै जानुमा मुख्य कारण सरकार नै रहेको समेत विभिन्न दलका नेताहरुले आरोप लगाएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टाराईले ट्विट मार्फत राजावादीहरुले ओली सरकारको कुशासनको धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ ।

    यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीका विरुद्ध आउँदौ २९ गते देशव्यापी विरोध कार्यक्रम गर्ने घोषणा गरिसकेको छ । भोलीको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई मनाउने प्रयास स्वभाविक गर्नुहुनेछ ।

    भोलीको सर्वदलिय बैठकमा संसदमा प्रतिनिधीत्व गर्ने सबैदलहरुलाई बोलाइएको बतायएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नबोलाइएको पार्टीका एक अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले बताउनुभयो ।

    आज मात्रै राप्रपाले राजसंस्था माग सहितको आन्दोलनलाई राप्रपाको पूर्ण साथ रहेको बताएको छ । अहिले सम्म राजावादीहरुले विभिन्न संघसंस्थाको नाममा प्रदर्शन गर्दै आएका छन् ।

    कतिपय स्थानमा राप्रपाले आफै प्रदर्शन समेत गरेको छ । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै डा लोहनी अब सबैलाई एक ठाउँमा केन्द्रित गरि बृहत राष्ट्रवादी प्रजातान्त्रिक नागरिक मोर्चा बनाएर दैशैभर प्रदर्शन गरिने बताउनुभयो ।


    नेकपा भित्रको विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाउनुभएको छ । नेकपा भित्रको आन्तरिक किचलो लामो समय चल्दा सरकारका काम कारवाही प्रभावहिन बन्दै गएको र यसैमौकामा गणतन्त्र विरोधी शक्ति सलवलाएको टिप्पणी हुँदै आएको छ ।

    भोलीको बैठकमा पनि दलका नेताहरुले यसै सन्दर्भमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारीमा छन् ।


    सोमवार, मंसिर २२ २०७७०८:०३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij