Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राजावादीको जुलुसमा भारतीय मोटरसाइकल देखिनुले जन्माएका प्रश्न !

राजावादीको जुलुसमा भारतीय मोटरसाइकल देखिनुले जन्माएका प्रश्न !

  • सोमवार, मंसिर २२ २०७७

  • 1.1K
    SHARES

  • राजावादीको जुलुसमा भारतीय मोटरसाइकल देखिनुले जन्माएका प्रश्न !

    काठमाडौं । पछिल्लो समयमा आफूलाई राजावादी भन्नेहरुको आन्दोलन चर्किएको छ । उनीहरुले देशका विभिन्न भागमा आन्दोलन गरिहेका छन् ।

    यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापामा पनि राजावादीहरुले आन्दोलन गरे । उनीहरुको आन्दोलनलाई अहिले विभिन्न कोणबाट हेर्न थालिएको छ । कतिपय आफूलाई पहिचानवादी भन्नेहरुले भारतको इशारामा आन्दोलन भइरहेकोसमेत बताइरहेका छन् ।

    यसै परिपेक्षमा तराईको कुनै ठाउँमा भएको आन्दोलनमा भारतीय नं.को मोटरसाइकल प्रयोग भएको छ । त्यस्ता दुईवटा मोटरसाइकलको तस्बिर नेपाली नेटवर्कलाई प्राप्त छन् । एउटा तस्बिरमा नेपाली ढाका टोपी लगाएका एक युवा छन्, जसले भारतीय नं. प्लेटको मोटरसाइकल प्रयोग गरेका छन् ।

    129450683_1316703388689646_8737135269989130899_n.jpg

    ‘राजावादीको आन्दोलनलाई भारतीय हिन्दूवादीहरुको उक्साहट हो’, भन्नेहरुलाई यो तस्बिरले बल पुगेको विश्लेषण हुन थालेको छ । यसले सामाजिक सञ्जालमा समेत बहस पैदा गरेको छ ।

    ‘राष्ट्रिय शक्ति नेपाल’को प्रदर्शनमा भारतीय सवारीमा सवार भारतीय मानिसहरुको खुल्लमखुल्ला सहभागिता देखिएपछि सीमामा काँडेतार गाड्ने पम्फा भुसालको अभिव्यक्तिमा ल्याप्चे ठोक्नै पर्ने आवश्यकता खड्क्यो’, फेसबुकमा विलास योङ्या लेख्छन्, ‘विचारान्तरप्रति सम्मान छ तर नाबालक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घाँटी अठ्याउन ‘भिजिलान्ते’ पात्र र प्रवृत्तिको प्रयोग सह्य हुन सक्दैन् राष्ट्रवादी मित्रजन् !’

    नेपालमा हुने हरेक परिवर्तनमा भारतको भूमिका छ भन्ने यहाँ विश्लेषण हुने गरेको छ । यस घटनाले थप बल पुर्याएको कतिपयले बताएका छन् ।
    फेसबुक प्रयोगकर्ता राजकुमार खड्काको बुझाइ पनि यस्तै–यस्तै छ । उनी लेख्छन्, ‘हिजो गणतन्त्र पनि भारतले नै ल्याइदिएको हो अब राजतन्त्र पनि उसैले ल्याइदिने होला !’

     


    सोमवार, मंसिर २२ २०७७०३:४१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij