Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सर्वदलीय बैठक बोलाउँदै प्रधानमन्त्री ओली

सर्वदलीय बैठक बोलाउँदै प्रधानमन्त्री ओली

  • सोमवार, मंसिर २२ २०७७

  • 1.4K
    SHARES

  • सर्वदलीय बैठक बोलाउँदै प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार बुधबार वा बिहीबार बालुवाटारमा सर्वदलीय बैठक बस्नेछ ।

    पछिल्लो समयमा राजावादीहरुको सडक प्रदर्शन बढ्दै गएको तथा आफ्नो पार्टी (नेकपा)मा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लाग्नुभएको हो ।

    बैठकका लागि प्रधानमन्त्रीले ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि परामर्श गरिरहनुभएको छ ।

    प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाउनुपर्ने माग मंगलबार बसेको स्थायी समितिको बैठकमा समेत उठेको थियो ।

     


    सोमवार, मंसिर २२ २०७७१२:४३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij