Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद सचिवालयद्धारा संसद बैठकको तयारी, सरकार भने मौन

संसद सचिवालयद्धारा संसद बैठकको तयारी, सरकार भने मौन

  • सोमवार, मंसिर २२ २०७७

  • 683
    SHARES

  • संसद सचिवालयद्धारा संसद बैठकको तयारी, सरकार भने मौन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउनु पर्ने माग गरेपछि संसद सचिवालयले बैठकको तयारी गर्न थालेको छ । संवैधानिक व्यवस्थाअनुसार पनि अगामी पुस १४ गतेअघि सरकारले संघीय संसद बैठक आह्वान गनुपर्ने बाध्यात्मक अवस्था रहेकाले पनि सचिवालयले तयारी गरेको हो ।

    तर बैठक कहिलेदेखि सुरु हुन्छ भन्ने बारेमा भने सरकारको पक्षबाट कुनै जवाफ आएको छैन । काँग्रेसको पदाधिकारी बैठकले केही दिन अगाडि तत्काल संसद बैठक बोलाउन सरकारसँग माग गरेको थियो । संवैधानिक बाध्यता र प्रतिपक्षीको दवावका कारण पनि चाडै नै संसद बैठक सुरु हुने भएपछि सचिवालयले सरसफाईसहितको व्यवस्थापकीय काम गर्न थालेको हो ।

    कोरोनाभाइरस फैलिन नदिनका लागि अप्नाउनु पर्ने उपायहरुलाई समेत ध्यान दिएर तयारी गरिएको सचिवालयले जनाएको छ । ज्वोरो परिक्षण गर्ने, मास्क अनिवार्य गर्ने, सामाजिक दुरी कायम राख्नु पर्ने लगायतका मापदण्ड पालना हुने व्यवस्था गर्न केही थप तयारी गर्नु पर्ने भएको सचिवालयका कर्मचारीहरुको भनाई छ ।

    संसद बैठक पक्षको व्यवस्थापनका बारेमा स्वास्थ्यकर्मी तथा विज्ञ र अन्य सरोकारवालाहरुसँग पनि विभिन्न सचिवालयका कर्मचारीहरुले परामर्श गरिरहेका छन् । सामाजिक दुरी कायम गर्नु पर्दा यसअघिको ठाँउले मात्रै नपुग्ने भएपछि दर्शकहरु बस्ने ठाउँमा पनि सांसदहरुलाई राख्ने सचिवालयले तयारी गरेको छ ।


    सोमवार, मंसिर २२ २०७७०९:१५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij