Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद

बहसबाट ओली भाग्न खोजे बहुमत–अल्पमतबाटै अघि बड्ने प्रचण्ड–नेपाल पक्षको तयारी !

बहसबाट ओली भाग्न खोजे बहुमत–अल्पमतबाटै अघि बड्ने प्रचण्ड–नेपाल पक्षको तयारी !

  • डाकमान राई
  • आइतवार, मंसिर २१ २०७७

  • 1.3K
    SHARES

  • बहसबाट ओली भाग्न खोजे बहुमत–अल्पमतबाटै अघि बड्ने प्रचण्ड–नेपाल पक्षको तयारी !

    काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको छैटौँ स्थायी कमिटी बैठक मङ्सिर २८ गतेसम्मका लागि स्थगित गरिएको छ । आज सम्पन्न बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै तयार पारेको प्रतिवेदन वितरण गरिएको र त्यसको अध्ययन गर्नका लागि सात दिन समय दिइएको छ ।

    बैठकमा ओली उपस्थित नभए पनि उहाँले पठाएको पत्र बैठकको सुरुमा सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर जानकारी गराउनुभएको थियो । ओलीले पत्रमा आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष प्रचण्डको प्रस्तावमा औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यस कारण बैठकमा नआएको उल्लेख गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    पार्टीमा देखा परेको विवाद सचिवालयबाटै सल्टाइनुपर्ने मत राख्दै ओली स्थायी कमिटी बैठकको विपक्षमा उभिनुभएको छ । कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्छ भन्ने ओलीको अभिव्यक्ति अन्यन्तै गैरजिम्मवारपूर्ण रहेको प्रचण्ड–नेपाल समूहका सचिवालय सदस्यहरुको टिप्पणी छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बैठकमा अनुपस्थित हुनु अध्यक्षको पार्टीप्रति जवाफदेहीता नभएको बताउनुभयो ।

    अहिलेसम्म सहमतिबाटै विवादको समाधान खोजौं भनेर आफूहरुले मौका दिएको र अब पनि ओली छलफल र बहसबाट भाग्न खोजे बहूमत र अल्पमतबाट पार्टी अघि बढ्ने नेतृ शाक्यको भनाइ छ ।

    छलफल र बहसबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भाग्न खोजेको आरोप प्रचण्ड–नेपाल समूहले लगाउँदै गर्दा ओलीनिकट नेताहरुले भने त्यसको बचाउ गरेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले स्वास्थ्य सुरक्षाको जोखिमका कारण ओली आजको बैठकमा अनुपस्थित हुनुभएको दाबी गर्नुभयो ।

    ओलीले बारम्बार प्रतिवेदन फिर्ता लिन आग्रह गरेपनि अर्का अध्यक्ष प्रचण्डले भने आफूले त्यसलाई फिर्ता नलिने अडान लिनुभएको छ ।
    यसअघि शनिवार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले स्थायी कमिटीको बैठक डाक्ने निर्णय गरेको थियो । स्थायी कमिटीमा ४५ सदस्य रहेका छन् । जसमा प्रचण्ड–नेपालको पकड रहेको विवरणहरू सार्वजनिक भइरहेका छन् ।

    पार्टीमा तीव्र मतभेद चर्कँदै गएको अवस्थामा प्रचण्डले कार्तिकमा ओलीप्रति आरोप सहितको प्रस्ताव पेस गर्नुभएको थियो । त्यसलाई ‘अभियोगपत्र’को संज्ञा दिँदै ओलीले मङ्सिरको दोस्रो साता अर्को प्रस्ताव पेस गर्नुभएको थियो ।


    आइतवार, मंसिर २१ २०७७०७:३०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij