Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सकियो नेकपा स्थायी समिति बैठक, के भयो बैठकमा ?

सकियो नेकपा स्थायी समिति बैठक, के भयो बैठकमा ?

  • आइतवार, मंसिर २१ २०७७

  • 1.4K
    SHARES

  • सकियो नेकपा स्थायी समिति बैठक, के भयो बैठकमा ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टी कार्यालय धुम्बाराहीमा करिब दुई घण्टा चलेको बैठक भर्खरै सकिएको हो ।

    बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको जानकारी दिनुभयो ।

    बैठकमा सहभागि नभएका ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको उहाँले बताउनुभयो । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने ओलीले धारणा राख्नुभएको छ ।

    ओलीको असन्तुष्टिका बीच बैठकमा उहाँ र प्रचण्डको यसअघिको दुबै प्रस्ताव पेश बैठकमा भएको छ भने सो प्रस्ताव अध्ययनका लागि सात दिनको समय दिइएको छ । अर्को बैठक २८ गतेका लागि बोलाइएको र यसअघि नै तय भएको केन्द्रीय समिति बैठक पुस ५ गतेका लागि सारिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

    बैठकमा प्रचण्डले पार्टीभित्र देखिएको समस्याका सन्दर्भमा केन्द्रीत रहेर बैठकलाई ब्रिफिङसमेत गर्नुभएको थियो ।

    यता, अध्यक्ष ओली भने स्थायी समिति बैठकमा उरुले उहाँलाई पर्खिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।
    उहाँहरुबीच आगामि रणनीतिका विषयमा छलफल भएको बुझिएको छ ।

    अध्यक्ष ओली तथा अन्य विभिन्न कारणले उपस्थित हुन नसकेका केही सदस्यबाहेक अन्य सदस्यको बैठकमा उपस्थिति थियो ।

    बैठकमा अधिकांश समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले सम्बोधन गरेरै बितेको थियो ।

    पार्टीं कार्यालयको हल सानो भएकाले कोरोना भाइरसको संक्रमणको जोखिम हुने भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको बैठकमा सहभागि हुने कुनै कार्यक्रम नरहेको जनाएका थिए ।

    आजको बैठकमा दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम तय भएको थियो । तर, ओलीको अनुपस्थितिमा त्यसले गति लिन सकेन ।



    आइतवार, मंसिर २१ २०७७०३:५२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij