काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक केही बेरमा सुरु हुँदैछ ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकलाई लक्षित गरी सो क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । नेकपा कार्यालय वरपर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
यस्तै सो क्षेत्रमा नेपाली सेनाको बम डिटेक्टर टोलीले तैनाथ गर्नुका साथै तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
यसैबीच, बैठकस्थलमा प्रधानमन्त्री ओलीबाहेक सबै नेता जम्मा भइसकेका छन् ।