काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । यो वर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए ।
देशभरबाट आएका दुई सयभन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीबीचको कडा प्रतिस्पर्धा काठमाडौंको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।
कोरोना भाइरस महामारीका वावजुत पनि सीमित मानिसको उपस्थितिमा कार्यक्रम भएको थियो ।