Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

चुनाव जितेपछि नेकपा र सरकारमा जनताको बारेमा छलफल नै भएको छैन : नेता खतिवडा

चुनाव जितेपछि नेकपा र सरकारमा जनताको बारेमा छलफल नै भएको छैन : नेता खतिवडा

  • आइतवार, मंसिर २१ २०७७

  • 1.3K
    SHARES

  • चुनाव जितेपछि नेकपा र सरकारमा जनताको बारेमा छलफल नै भएको छैन : नेता खतिवडा

    काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले सरकार र नेकपाले जनताका बारेमा कहिल्यै छलफल नगरेको आरोप लगाउनु भएको छ ।
    आफ्नै स्वार्थमा मात्रै छलफल र झैझगडा भएको तर जनताको बारेमा कुनै चिन्तन मनन र छलफल नभएको उहाँले टिप्पणी गर्नुभयो ।

    “देशमा अहिले सरकार छ जस्तो नै छैन, सरकार र नेकपाका नेताहरु आफ्नै बारेमा मात्रै लुछाचुडी गरिरहेका छन्,” नेता खतिवडाले भन्नुभयो ।
    नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास र शितल निवास बाहेक अन्यत्र जान नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।

    असुरक्षाका कारण बालुवाटारबाट आफ्नै पार्टी कार्यालय जान पनि नसक्ने अवस्थामा पुग्नुले नै प्रधानमन्त्री ओलीको अवस्था झल्काउने नेता खतिवडाको तर्क छ ।

    काँग्रेसको बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “काँग्रेसमा अव गुटभन्दा जुटको राजनीति अत्यावश्यक भइसकेको छ, एउटानेतालाई अपमान गरेर अर्कालाई माथी उठाउने प्रबृत्तिले कहिल्यै कसैलाई हित गर्दैन ।”

    नेता खतिवडाले संभावना बोकेका र क्षमतावान सवैलाई जिम्मेबारी दिनेगरी मिलाएर लैजाने हो भने काँग्रेस कहिल्यै दोस्रो हुनु नपर्ने दावी पनि गर्नुभयो ।


    आइतवार, मंसिर २१ २०७७०८:१८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij