काठमाडौं । पछिल्लो समय राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा प्रदर्शन चर्किँदै जाँजा सत्तारुढ दलका नेताहरुले राजनीतिक दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिनुभएको हो ।
देशभर राजावादीहरुको प्रदर्शन भइरहेको बेला उहाँको यस्तो अभिव्यक्ति आएको हो । पूर्वमन्त्री समेत रहनुभएका नेता तामाङले भन्नुभयो, ‘पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ प्रतिस्पर्धा गर्न तयार छौं ।’
कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने उहाँले बताउनुभयो । नेता तामाङले यो संविधान बाहेक देशमा अर्को संविधान हुन नसक्ने बताउनभुयो ।