Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठकमा पेलिए प्रधानमन्त्री ओली

नेकपा सचिवालय बैठकमा पेलिए प्रधानमन्त्री ओली

  • शनिवार, मंसिर २० २०७७

  • 1.3K
    SHARES

  • नेकपा सचिवालय बैठकमा पेलिए प्रधानमन्त्री ओली

    काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्रको जारी विवाद अव तल्ला कमिटीमा जाने भएको छ । केन्द्रिय सचिवालयको बैठककले जारी विवाद समाधानका लागि ठोस निर्णय गर्न नसकेपछि व्यक्त भएका अब थप छलफल स्थायी कमिटीको बैठकमा हुनेछ । आज बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका प्रस्तावलाई स्थायी कमिटीमा लगेर छलफल गर्ने निर्णय गरेको हो ।

    यद्यपी प्रधानमन्त्री ओली विवाद स्थायी कमिटीको बैठक सम्म नपुगोस भन्ने चाहनुहुन्थ्यो । दुइ अध्यक्षबीचको मतभेद सचिवालय बैठकमै टुंगियोस भन्ने प्रधानमन्त्री ओलीको चाहाना थियो । त्यसका लागि प्रधानमन्त्री ओलीले आफ्ना दुत मार्फत प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई मनाउने प्रयास पनि गर्नुभयो तर उहाँको चाहाना पुरा हुन सकेन ।

    आजको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले विवाद तल्ला तहमा लैजान नहुने अडान राख्नुभएको थियो । उहाँको समर्थन गर्दै नेताहरु इश्वर पोखरेल र विष्णु पौडेलले समेत विवादको समाधान नेतृत्व तहमै खोज्नु पर्ने मत राख्नुभएको थियो । तर सचिवालयका प्रचण्ड, नेपाल सहित झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले संकटको निवारणका लागि तल्ला तह सम्मै छलफल चलाउन पर्ने अडान लिएका थिए ।

    नेकपामा आन्तरिक द्वन्द्व चर्किदै जादा दुवै अध्यक्षले एक अर्काप्रति अनेकौं आरोप सहितका प्रस्ताव पेश गरेपछि विवाद चुलिएको छ । अब ती प्रस्तावमाथी स्थायी समिती बैठकमा छलफलहुँदा पनि नेताहरु दुइ भागमा विभाजित हुने निश्चीत छ । ओली पक्षका नेताहरु प्रचण्डको प्रस्तावको खरो आलोचना गर्ने अनि प्रधानमन्त्री र सरकारको रक्षार्थ बैठकमा प्रस्तुत हुनेछन् भने प्रचण्ड माधव पक्षिय नेताहरुको निशानामा प्रधानमन्त्री ओली पर्ने निश्चित छ ।

    स्थायी समितीमा स्पष्ट बहुमत रहेकाले प्रचण्ड माधव पक्ष उत्साहित देखिन्छ भने ओली पक्ष अकंगणितका आधारमा पेल्न खोजे नमान्ने बताउँदै छ । यद्यपी स्थायी कमिटीको भोलीकै बैठकमा छलफल भने नहुने देखिएको छ । भोलीको बैठकमा स्थायी समिती सदस्यहरुलाई सचिवालयमा प्रस्तुत दुवै अध्यक्षका प्रस्ताव तथा पत्रहरु वितरण गरि अध्ययनका लागि केही दिन समय दिने तयारी छ । स्थायी समिती लम्बिने अवस्थामा मंसिर २५ गतेका लागि पूर्व निर्धारित केन्द्रिय कमिटी बैठक भने प्रभावित हुने देखिएको छ ।


    शनिवार, मंसिर २० २०७७०७:४६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij