Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठकको निर्णयः अध्यक्षद्वयको प्रतिवेदन स्थायी कमिटीमा लैजाने

नेकपा सचिवालय बैठकको निर्णयः अध्यक्षद्वयको प्रतिवेदन स्थायी कमिटीमा लैजाने

  • शनिवार, मंसिर २० २०७७

  • 1.1K
    SHARES

  • नेकपा सचिवालय बैठकको निर्णयः अध्यक्षद्वयको प्रतिवेदन स्थायी कमिटीमा लैजाने

    नेकपाको सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठक करिब तीन घण्टा बसेपछि सकिएको हो।

    आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधब कुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री राम बहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, प्रबक्ता नारायणकाजी श्रेष्ठको उपस्थित रहेको थियो ।

    आजको सचिवालय बैठकले पार्टी कार्यालय धुम्बाराहीमा भोलि दिउँसो १ बजे स्थायी कमिटी को बैठक बस्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रवक्ता श्रेष्ठका अनुसार भोलिको स्थायी कमिटी बैठकमा पार्टीभित्र भएको समस्या तथा दुई अध्यक्षले तयार पारेको प्रतिवेदनमा छलफल हुनेछ ।

     


    शनिवार, मंसिर २० २०७७०४:४५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij