काठमाडौं । षडानन्द नगरपालिका भोजपुरका प्रमुख वीरवल राईले भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै नीति नै बनाउनुपर्ने बताउनुभएको छ । मुलुक चरम भ्रष्टाचारमा डुबेको भन्दै उहाँले नियन्त्रणका लागि नीतिगत सुधार नै पहिलो खुड्किलो भएको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा बोल्दै उहाँले मुलुकको वर्तमान अवस्था नै भ्रष्टाचारमा विश्वव्यापी चर्चा हुने खालको रहेको टिप्पणी गर्नुभयो ।
‘भ्रष्टाचारको बिषयमा विश्वव्यापी नै नेपालको नाम अगाडी आएको छ । यो सत्य हो मुलुक भ्रष्टाचारमा डुबेको छ’ प्रमुख राईले भन्नुभयो, ‘यसलाई न्यूनीकरण गर्नको लागि स्थानीय तहका जनप्रतिनिधि देखि माथिल्लो तहमा जिम्मेवार पदमा रहेका सबैमाथि अख्तियारले कडा निगरानी राख्नुपर्छ ।’
साथै नगर प्रमुख राईले कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरुलाई स्थानीय तहमा नै स्वरोजगार बनाउन वित्तीय अनुदानदेखि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्न लागेको बताउनुभयो ।
युवाहरुको सीप र दक्षताको आधारमा उनीहरुलाई आर्थिकदेखि अन्य समन्वयको लागि नगरपालिकाले काम गरिरहेको उहाँलेबताउनुभयो ।
नगर प्रमुख राईसँगको कुराकानी सुन्नुहोस्