Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक जारी, अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल हुँदै

नेकपा सचिवालय बैठक जारी, अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल हुँदै

  • शनिवार, मंसिर २० २०७७

  • 854
    SHARES

  • नेकपा सचिवालय बैठक जारी, अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल हुँदै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ । आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुन्छ ।

    बैठकअघि २६ दिन लामो संवादहीनता तोड्दै अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो ।

    यसअघि गत मंगलबारको बैठकमा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

    आजको बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डले पेश गरेका अलग–अलग प्रतिवेदनमाथि छलफल हुँदैछ ।

    गत कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गर्नुभएको थियो भने त्यसको जवाफमा मंसिर १३ गते ओलीले प्रतिवेदन पेश गर्नुभएको थियो ।

    यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गर्नुभएको थियो । कतिपयले राष्ट्रपतिको यो सक्रियताको आलोचना गर्ने गरेका छन् ।

    यद्यपि, सचिवालय बैठक बस्नुअघि आज दुई अध्यक्ष छलफलमा जुटेका थिए । भेटवार्तामा पार्टीको आन्तरिक विवाद समाधानबारे छलफल भएको बताइएको छ ।


    शनिवार, मंसिर २० २०७७०३:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij