Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपाका अध्यक्षद्वयको ‘वान टु वान’ वार्ता बुधबार पनि बिना निष्कर्ष टुंगियो

नेकपाका अध्यक्षद्वयको ‘वान टु वान’ वार्ता बुधबार पनि बिना निष्कर्ष टुंगियो

  • बुधवार, आषाढ २४ २०७७

  • 695
    SHARES

  • नेकपाका अध्यक्षद्वयको ‘वान टु वान’ वार्ता बुधबार पनि बिना निष्कर्ष टुंगियो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) मा चुलिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा भएको वार्तामा कुनै ठोस सहमति जुट्न सकेन । उहांहरु बीच बिहीबार फेरि वार्ता हुने बताइएको छ । पार्टीभित्रको विवाद मिलाउन उहांहरु विगत तीन दिनदेखि निरन्तर संवादमा हुनुहुन्छ ।

    बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट ओलीको राजीना मागे पनि ओली दुबै पदबाट राजिनामा नदिने अडानमा हुनुहुन्छ ।

    ओलीसँगको वार्ताबारे प्रचण्डले ओली इतरका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई गर्ने गरिएको ‘ब्रिफिङ’ मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्छ भन्ने आफ्नो अडान यथावत् रहेको बताउदै आएका उहां निकट नेताले बताएका छन् ।

    ओली इतर समुहका नेताहरूको दबाबका कारण पार्टी अध्यक्ष प्रचण्ड आफ्ना अडानबाट पछि हट्न सकिहाल्ने स्थिति कमै देखिएको छ ।ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसके पार्टी एकल रूपमा सञ्चालन गर्न पाउने गरी सहमति गर्नुपर्ने प्रचण्डनिकट नेताहरूको मत छ । यसका लागि दोस्रो तहका नेताहरू समेत छलफलमा सक्रिय छन् ।

    तर प्रधानमन्त्री ओलीनिकट स्रोतले भने दुई नेताबीच विषयमा कुनै प्रगति नभएको बताएका छन् । अहिलेलाई प्रचण्डले एकल रुपमा पार्टी सञ्चालन गर्न दिने गरी सहमतिको विन्दु पहिल्याउन सकिने र ओलीलाई सरकार चलाउन दिने सहमति गरे विवाद समाधान हुने प्रचण्ड निकट नेताहरुको भनाई छ ।

    मंसिर ४ गतेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजनमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति थियो ।

    तर उक्त सहमति विपरित ओली प्रस्तुत भएपछि प्रचण्ड पक्षको असन्तुष्टि बढेर दुवै पदबाट ओलीको राजीनामा माग गर्ने तहमा पुगेको हो । त्यसमा खनाल र नेपालसहितका नेताले साथ दिएपछि ओली चर्को दबाबमा हुनुहुन्छ ।

    यता पछिल्लो समय पार्टीमा अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर विवाद चुलिएसँगै यही असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक चार पटक स्थगित गरिएको छ ।


    बुधवार, आषाढ २४ २०७७०७:४८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij