Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

खोकनाको मुुआब्जा विवाद मिलाउन प्रधानमन्‍त्रीको निर्देशन

खोकनाको मुुआब्जा विवाद मिलाउन प्रधानमन्‍त्रीको निर्देशन

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.2K
    SHARES

  • खोकनाको मुुआब्जा विवाद मिलाउन प्रधानमन्‍त्रीको निर्देशन

    काठमाडौं l प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या समाधान समितिको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रवेशविन्दु ललितपुरको खोकनाको जग्गाको मुुआब्जा विवादमा सरकारलाई संस्कृति र जातविरोधी चित्रण गरेर आफ्ना निहित फाइदा उठाउनेलाई सम्झाइबुझाइ गर्नुपर्ने बताउनुभयो ।

    रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जातीय लडाइँ सिर्जना गर्दा राष्ट्रिय एकता ध्वस्त हुने भएकाले सबै मिलेर यस्ता समस्याको समाधान गरी सबै जातिको उत्थान गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले सरकारले भत्किएका पुरातात्त्विक भवन र सम्पदा पुनःनिर्माण तथा ऐतिहासिक गढीहरुको संरक्षण गरिरहेकाले विकासनिर्माणका आयोजना गर्दा त्यस्ता संरचना र सम्पदालाई असर नपार्ने गरी काम गरिने स्पष्ट पार्नुभयो । उहाँले खोकनाको जग्गा विवाद मिलाउन राष्ट्रिय योजना आयोग, अर्थ, भौतिक पूर्वाधार तथा यातायात र रक्षा मन्त्रालय तथा नेपाली सेनालाई समन्वयात्मक पहल गर्न निर्देशन दिनुभयो।

    प्रधानमन्त्री ओलीले विकासनिर्माणका काम कछुवा गति नभई  तीव्र गतिमा गर्न आग्रह गर्दै भ्रष् सोचाइ भएकाहरुले जे काममा पनि भ्रष्टाचार हुन्छ भन्ने देख्ने गरेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले बङ्करदेखि ब्यारेकसम्मका कार्यक्रमलाई आगामी आर्थिक वर्षभित्र सक्ने गरी काम गर्न तथा चुरे क्षेत्र संरक्षणमा ध्यान दिन सम्बन्धित पक्षलाई निर्देश गर्दै कठिन स्थानका सडक तथा पूर्वाधारका काममा सेनालाई जिम्मा दिनैपर्ने वा अरुले नसक्ने भएमा मात्रै उसलाई दिन आग्रह गर्नुभएको छ ।

    उहाँले नेपाली सेनाको सिंहदरबारस्थित चण्डीदल गणको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन र काम अघि बढाउन पनि सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

    उहाँले कोभिड–१९ को महामारीको सुरुदेखि ज्यान जोखिममा राखेर सेनाले गरेको मानवीय कार्य र प्राकृतिक विपत्तिमा निर्वाह गरेको अग्रमोर्चाको भूमिका प्रशंसनीय रहेको बताउँदै पहिलो चौमासिकको मन्त्रालयको प्रगतिप्रति सन्तोष व्यक्त दिनुभयो।

    रक्षा मन्त्रालयको प्रगति ३५ प्रतिशत
    सो अवसरमा  योजना आयोगका उपाध्यक्ष डा. पुुष्पराज कँडेलले खोकनाको जग्गामा विवाद सुल्झाउन अन्तरमन्त्रालय समन्वय भइरहेको अवगत गराउनुभयो भने प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रम र आयोजनाहरुका लागि सेनालाई पर्याप्त बजेट उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

    मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गर्दै सचिव रेश्मीराज पाण्डेले गत कात्तिकसम्म ३४ दशमलव ५७ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो।

    मन्त्रालयस्तरमा चालु आवमा २१ माइलस्टोन रहेकामा १६ वटामा हरियो सङ्केत प्राप्त बताउनु भएको छ । उहाँले राष्ट्रिय सुरक्षा नीतिको कार्ययोजना स्वीकृत भई कार्यान्वयनका चरणमा रहेको र राष्ट्रिय प्रतिरक्षा नीति राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भई मन्त्रिपरिषद्मा पेश हुने क्रममा रहेको पनि जानकारी दिनुभयो। रासस  


    शुक्रवार, मंसिर १९ २०७७०४:२४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij